कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन १३, २०८० शनिबार ८:४०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले पूर्वका कोशी र मधेस प्रदेशका केहि ठाउँमा पानी परिरहेको छ ।

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज दिउँसो मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु केहि पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ती कंडेलले बताउनुभयो । उहाँका अनुसार लगातार वर्षा र झरीको सम्भावना छैन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।

मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ हुँदा भारतमा धेरै पानी पर्छ भने उत्तरतर्फ हुँदा नेपालमा पानी धेरै पर्छ । महाशाखाले वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया