रुकुमकाे बाँफीकोटमा मोटरसाइकल सानीभेरी नदीमा खस्दा एक जनाको ज्यान गयो

 साउन १४, २०८० आइतबार ९:३७:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

बाँफीकोट गाउँपालिकाको गारागाट सडक खण्ड हुँदै छिनखेतबाट पुरानो ठाँटी जानेक्रममा सानीभेरीमा मोटरसाइकल खस्दा २४ वर्षीय नन्दलाल विकको ज्यान गएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गएराति साढे नौ बजे रा ३ प २८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सानीभेरी नदीमा खसेको हाे । 

प्रहरी निरीक्षक श्रेष्ठले मोटरसाइकल पछाडि रहेका २३ वर्षीय कपिल विकलाई दुर्घटनापश्चात उद्धार गरेर जिल्ला अस्पताल सल्ले पठाएको बताउनुभयो । घाइते विककाे उपचार भइरहेकाे छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया