सेनामा जागिर लगाई दिने भन्दै झन्डै १५ लाख रुपैयाँ ठगी गर्ने ८ जना पक्राउ

 साउन १७, २०८० बुधबार १६:५६:१ | ललित सामन्त
unn.prixa.net

दार्चुला – नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

ठगी आराेपमा दार्चुलाको महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय बिशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ का ३४ वर्षीय शंकर भुललाई पक्राउ गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेयले जानकारी दिनुभयाे । उनीहरूले सेनामा जागिर लगाई दिने भन्दै सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको पाइएकाे छ ।

पक्राउ परेका नरेन्द्रसिंह महरले आफू सेनामा जागिर खाइरहेकाे र देवीदल गण अत्तरियामा कार्यरत रहेकाे बताउँदै सेनामा जागरि लगाई दिने आश देखाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएकाे छ ।

डीएसपी पाण्डेयका अनुसार उनीहरूले पीडित सात जनालाई सेनामा सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन पनि देखाएका थिए । पक्राउ परेकाहरूको खाता नम्बर र ई–सेवामा रकम आएको पाइएकाे र उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आज बुधवार प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गर्दै ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई सार्वजनिक पनि गरेकाे छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया