दार्चुलामा चरेससहित दुई जना पक्राउ

 साउन २२, २०८० सोमबार ११:१७:१६ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुलामा चरेससहित दुई जना पक्राउ परेका छन्।

महाकाली नगरपालिका-४ खलङ्गा बस्ने ६६ वर्षका मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका वडा ४ सिप्टीका ७० वर्षका गौरसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयाे । 

दुवै जनालाई हिजो राति शैल्यशिखर नगरपालिकाको कर्कलेबाट पक्राउ गरिएकाे उहाँले बताउनुभयो । प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट ६ केजी १ सय ग्राम चरेश बरामद गरेको छ । गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर तथा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान गर्न गोकुलेश्वरबाट दार्चुला ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया