आन्दाेलनले सर्वसाधारणलाई सास्ती
बैशाख ७, २०८२ आइतबार
सुर्खेत – प्रदेश सरकारले सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतलालाई प्रदेश अस्पताल बनाएको छ ।
कर्णाली प्रदेश सरकारले मध्यपश्चिम क्षेत्रीय अस्पतालाई आफू मातहत ल्याएर प्रदेश अस्पताल बनाएको हो । २०६२ फागुन ७ मा ५० शैयाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालमा विकास गरेको अस्पताललाई अहिले प्रदेश अस्पताल बनाइएको हो ।
अहिले अस्पतालले १ सय १५ शैयाबाट सेवा दिइरहेको छ । भौतिक संरचना र जनशक्तिको अभावमा चलिरहेको अस्पताललाई अब सरकारले विकास गर्ने योजना अघि सारेको छ ।
प्रदेश अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले अब प्रदेश अस्पताललाई पाँच सय शैयाको बनाउने र यसलाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले अस्पतालको नाम प्रदेश अस्पताल नामकरण भएसँगै अस्पतालले दिने सेवा सुविधामा प्रभावकारी ल्याउन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
सरकारले यस आर्थिक वर्षमा कर्णालीका पाँच वटा जिल्लामा ५० शैया र पाँच वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागि बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
‘अस्पताल अब प्रदेश सरकारको दायित्वभित्र आइसेकोले यसको व्यवस्थापनमा सरकार संम्बेदनशिल छ । अब हामी छ्टिै ओएनएम गरेर अस्पताल व्यवस्थानमा तिव्रता दिन्छौँ’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले स्वास्थ्य सेवामा नागरिकलाई कुनै कमी हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।’
प्रदेश अस्पतालका प्रमुख डा डम्बर खड्काले नागरिकहरुलाई सर्वसुलभमा नागरिकहरुलाई स्वास्थ्य सेवा दिनका लागि सरकारले जनशक्ति र भौतिक संरचनामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले दरबन्दी अनुसार डाक्टर नुहँदा विशेषज्ञ सेवा दिन समस्या भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।