अविरल वर्षाले हवाई उडान प्रभावित

 साउन २८, २०८० आइतबार १३:५२:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण 'भिजिबिलिटी' कम भएपछि केही उडान 'डाइभर्ट' भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले 'भिजिबिलिटी' कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको नयाँ दिल्लीबाट आएको एअर इन्डियाकाे जहाज बनारस 'डाइभर्ट' भएको छ भने चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज उतै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाण्डाैबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाण्डाै–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । यस्तै बुद्ध एअरकाे काठमाण्डाै–पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाण्डाै–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि मङ्गलवारसम्म देशभर वर्षा भइरहने अनुमान छ ।

तस्बिर : फ्लाई नेपालकाे भिडियाेबाट

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया