जुम्लाको पातारासीमा बाढीले बगाएर महिला बेपत्ता

 भदौ ४, २०८० सोमबार १९:२९:२० | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

प्रहरी चौकी पातारासी डिल्लीचौरका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीया पन्नीकली बुढा बेपत्ता भएकी हुन् । 

प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भारी वर्षापछिकाे बाढीले बगाएर बेपत्ता भएकी हुन् । 

बाढीले त्यस क्षेत्रका ५/६ वटा घट्ट पनि बगाएका छन् ।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया