धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 भदौ ५, २०८० मंगलबार ७:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् शाक्यले जानकारी दिनुभयो ।  उहाँका अनुसार राति भने कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

भोलि कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने  मौसमविद्ले बताएका छन् । पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया