ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डौ – हेटौँडामा राप्तीखोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने ४५ वर्षीय कुमार भारती रहेकाे मकवानपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।
आज दिउँसो करिब साढे तीन बजेको समयमा माछा मार्ने क्रममा भारतीलाई सिमल्टारको राप्तीखोलाले बगाउँदा ज्यान गएको हाे ।
खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शव बाहिर निकालिएको प्रवक्ता कार्कीले बताउनुभयो।
बिहीवारदेखि परेको अविरल वर्षाका कारण राप्तीखोलाको बहाव बढेको छ ।
मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।