सुर्मा भवानी जात्राकाे अवसरमा अपि हिमालमा तीन दिन सार्वजनिक बिदा

 भदौ १०, २०८० आइतबार १९:२९:५६ | ललित सामन्त
unn.prixa.net

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकामा भोलि साेमवारदेखि आउँदो बुधवारसम्म पालिकाभरिका सरकारी तथा गैरसरकारी कार्यालयलगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।

पालिकाले आज आइतवार एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा हिजो शनिवारदेखि शुरु भएको हो । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।

बझाङका सिकारीले लखेट्दा सुर्मा भवानी सुर्मा तालमा बिलय भएको मान्यता रहिआएको छ । सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको स्थानीय कमलसिंह धामी बताउनुहुन्छ ।

सुर्मा सरोवर तीर्थ जाने व्रतालु भक्तहरूलाई बिरे भनिन्छ । बिरे दुई प्रकारका हुन्छन् । पहिलो पटक सुर्मा सराेवर तीर्थ जानेलाई बालो बिरे र पटक–पटक गएकालाई बुढो बिरे भन्ने चलन छ ।

तस्बिर साैजन्य : हेम बाेहरा

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया