बीओपी स्थापनाका लागि तिङ्कर हिँडेका जनप्रतिनिधिलाई भारतीय एसएसबीले बाटोमै रोक्यो

 भदौ २१, २०८० बिहिबार ६:३४:२७ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि  गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले  बाटोमै रोकेको छ ।

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले 'तपाईँहरुलाई अगाडि जान अनुमति छैन' भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजना स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको तिङ्करमा आज सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदै छ ।

कार्यक्रममा सँगै रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको उहाँले बताउनु भयो । दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेकाे छ । यस क्षेत्रमा जाने नेपाली स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरुबाट यस्ता व्यवहार  बेलाबेला खेप्दै आएका छन्।

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मुकदर्शक बन्ने गरेको छ । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा जाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया