बाघकाे आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयाे

 भदौ २२, २०८० शुक्रबार १९:३८:४६ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – पाटे बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिकामा एक महिलाको ज्यान गएकाे छ । मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले बताउनुभयाे । 

बाघले आक्रमण गरि महिलालाई जङ्गलतर्फ पुर्‍याएकाे थियो । खोजी गर्ने क्रममा सम्झना सामुदायिक वनमा एउटा हात बाघले खाएको अवस्थामा महिलाको शव फेला परेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत शर्माले बताउनुभयाे ।

खाता जैविकमार्ग क्षेत्रमा बाघ लगायतका वन्यजन्तुको दिनहुँ त्रास रहेको खाता समन्वय समितिका अध्यक्ष गुरुङले बताउनुभयो । नजिकैको सामुदायिक वन र राष्ट्रिय वनभित्र घाँस, दाउरा लिन र च्याउ तथा साग खोज्न जङ्गल जाने क्रम पनि बढेको डिभिजन वन कार्यालयले जनाएको छ ।

जङ्गल नजिकैका स्थानीय जङ्गल जाने कारणले हरेक वर्ष बाघ आक्रमणका घटना हुने गरेको डिभिजन वन कार्यालय बर्दियाकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया