असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – एसिया कप क्रिकेटकाे 'सुपर फाेर' मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनकाे लक्ष्य दिएकाे छ ।
श्रीलङ्काकाे काेलम्बाेमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे । भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । काेहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । तेस्राे विकेटका लागि काेहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनकाे साझेदारी गरे । यसअघि शुभमन गिल ५८ र कप्तान राेहित शर्माले ५६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।
भारत र पाकिस्तानबीच आज 'रिजर्भ डे' मा खेल भइरहेकाे हाे । हिजाेका लागि तय भएकाे खेलमा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा खेल वर्षाका कारण राेकिएकाे थियाे । आज खेल त्यही अवस्थाबाट शुरु भएकाे हाे ।
पाकिस्तानले केहीबेरमा ब्याटिङ थाल्नेछ । पाकिस्तान १ खेलमा २ अङ्कसहित 'सुपर फाेर' काे शीर्ष स्थानमा छ भने भारतकाे याे पहिलाे खेल हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।