नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

 भदौ २६, २०८० मंगलबार १३:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुवासचन्द्र नेम्वाङको शव श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेपाली सेनाको टोलीले नेम्वाङको शव च्यासल पुर्याएको हो ।

सरकारले राजकीय सम्मान दिने निर्णय गरेसँगै शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । नेम्वाङको शव भोलि दिउँसोसम्म पार्टी कार्यालयमा राख्ने एमालेले जनाएको छ । श्रद्धाञ्जली अर्पण गर्न नेता–कार्यकर्ताहरु एमाले केन्द्रीय कार्यालयमा भेला भएका छन् ।

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको ह्यदयघातका कारण गएराति निधन भएको हो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया