झन्डै ९ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ

 भदौ २६, २०८० मंगलबार १३:९:३४ | ललित सामन्त
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दार्चुला – झन्डै नाै किलाे चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन् । आज मङ्गलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । इन्स्पेक्टर सिंहका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएकाे हाे ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूकाे साथबाट चरेस बरामद गरेकाे हाे । अहिले उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया