कुशे औँसीमा गाेकर्णेश्वरलगायत तीर्थस्थलमा भक्तजनकाे भिड (तस्बिरसहित)

 भदौ २८, २०८० बिहिबार ११:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज कुशे औँसी । बुबाको मुख हेर्ने दिन मनाइँदै छ ।

आज बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बुबा नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ । 

आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लागेकाे छ ।  रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लागेकाे छ । 

यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनकाे घुइँचाे लागेकाे छ । 

भाद्रकृष्ण औँशीका दिन आज गोकर्णेश्वर महादेव मन्दिर परिसर हुँदै बगेको बाग्मती नदीमा स्नान गर्न जम्मा भएका भक्तजनको भिड ।

देवघाट बेणीमा पितृको नाममा तर्पण तथा दान गर्दै भक्तजन ।

सबै तस्बिर : रासस

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया