दार्चुलाको शैल्यशिखरमा सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयो

 असोज १२, २०८० शुक्रबार १०:६:५२ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुलाको शैल्यशिखर नगरपालिकामा घरको सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गएको छ ।

शुक्रवार आज बिहान नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया