नेपाली पब्जी टाेली एसियाली खेलकुदकाे सेमिफाइनलमा

 असोज १२, २०८० शुक्रबार १६:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली पब्जी टाेली १९ औँ एसियाली खेलकुदकाे सेमिफाइनलमा पुगेकाे छ । चीनको हान्झाउमा चलिरहेकाे प्रतियाेगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेकाे छ ।

आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह 'सी' मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । याे समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्याे । समूह 'सी' मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए । हङकङकाे टाेलीले ५१ मिनेट ०९ दशमलव ९८३ सेकेन्डमा र नेपालले ५४ मिनेट ०४ दशमलव ८४२ सेकेन्डमा खेल पूरा गर्‍याे ।

यस्तै समूह 'ए' बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह 'बी' बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह 'डी' बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।

अब सेमिफाइनलमा चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको दुवै समूहमा चार–चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये समूहका दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये शीर्ष तीनमा रहने टोलीको पदक पक्का हुनेछ । 

पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया