असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप अघिका आजका दुवै अभ्यास खेल वर्षाले प्रभावित भएका छन् । गुहाहिटीमा इंग्ल्याण्ड र भारतबीचकाे खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ । तर टसपछि पानी परेकाले खेल शुरु हुन सकेको छैन । यस्तै, अष्ट्रेलिया र नेदरल्याण्ड्सबीचको खेल भने वर्षाले शुरु हुन सकेको छैन । थिरुभानन्थापुरममा पानी परेपछि अहिलेसम्म टस पनि हुन सकेको छैन ।
हिजो दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल पनि वर्षाले हुन सकेको थिएन । १३ औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न शहरमा हुँदैछ । प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन् ।
विश्वकप शुरु हुनुअघि सहभागी १० वटै टोलीले अभ्यास खेल खेल्न लागेका हुन् । हिजो भएको अभ्यास खेलमा न्युजिल्याण्ड र बंगलादेश विजयी भएका छन् । न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो ।
त्यस्तै श्रीलंका बंगलादेशसँग ७ विकेटले पराजित भयो । हिजोका लागि तय भएको अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो । आईसीसीले विश्वकप अघि सबै टोलीलाई दुई—दुईवटा अभ्यास खेलको व्यवस्था गरेको हो । सबै अभ्यास खेल अक्टोबर ३ तारिखमा सकिनेछन् । त्यसपछि अक्टोबर ५ तारिखदेखि विश्वकप शुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।