मनोचिकित्सक डा अधिकारीको ‘सर्वाइवल नोट’

 असोज १३, २०८० शनिबार २०:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनोचिकित्सक डा अनन्त अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा लेखक डा अभि सुवेदीले सङ्ग्रहको सार्वजनिक गर्दै कवितामार्फत निराशाबाट आशा देखाउने प्रयास गरिएको बताउनुभयो ।

उहाँले अहिले जताततै मानिसहरू निराश भइरहेको अवस्थामा लेखकले कवितामार्फत ती निराशालाई आशामा परिवर्तन गर्न सकिने कुरा उल्लेख गर्नुभएको छ । ‘सुसाइड नोट’ लेखेर मानिसलाई झनै निराशा बनाउने कुरा गर्ने गरेको उल्लेख गर्दै उहाँले मनोचिकित्सक डा अधिकारीले ‘सुसाइड नोट’को विरुद्ध ‘सर्वाइवल नोट’ रहेको बताउनुभयो ।

काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार अनन्त वाग्लेले पुस्तकले मानिसलाई सकारात्मक सोच ल्याउन परिवर्तन गर्ने बताउनुभयो । उहाँले युवा पुस्तालाई नेपाली भाषाप्रति अभ्यस्त गराउनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा समालोचक डा गीता त्रिपाठीले चिकित्सकले उपचार गर्दा देखेका मानिसको हृदयको कुरालाई कवितामार्फत देखाउनु खोजेको बताउनुभयो ।

गीतकार दिनेश अधिकारीले बाँच्नका लागि आधार खोज्न पुस्तकले सहयोग गर्ने बताउनुभयो । लेखक डा अधिकारीले समाज र पेशागत जीवनमा आफूले भेटेका आत्महत्याका घटनाहरू, बिरामी र जीवनदेखि हारेका कैयौँ व्यक्तिको ‘सुसाइड नोट विपक्षमा पैरवी गर्नका लागि कविता सङ्ग्रह लेखेको बताउनुभयो । पुस्तकमा ४२ वटा कविता रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया