असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढाएको छ । नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो ।
जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् ।
नेपालले समूहको अर्को खेल भोलि इरानसँग खेल्नेछ । यस्तै, समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेइ र थाइल्यान्ड रहेका छन् । लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो रहेकोले बङ्लादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ ।
कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने व्यवस्था रहेको छ । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेल तेक्वान्दो, कराँते, उशु, जुडोलगायतमा पदकविहीन बनेको छ ।
महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित
१९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपाल पहिलो खेलमा भियतनामसँग पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको हो ।
तस्बिर : नारायण खत्री
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।