फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
नवलपरासी - अविरल वर्षासँगै खसेको पहिराेको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा खसेकाे पहिराेको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिराेको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर गाडी सञ्चालन गर्न कठिन रहेको उहाँले बताउनु भयाे ।
कालीगण्डकी करिडोर पहिराेको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने गाडी सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत ठाउँका लागि गाडी सञ्चालन हुने गर्दछन् ।
निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न ठाउँमा क्षति पुर्याएकाले गाडी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।