कोहली र राहुलको उत्कृष्ट प्रदर्शनसँगै अष्ट्रेलिया भारतसँग ६ विकेटले पराजित

 असोज २२, २०८० सोमबार ६:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले एकदिवसीय विश्वकप क्रिकेटमा ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराएको छ । गएराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे ।

यस्तै, विराट कोहलीले ८५ रनको योगदान गरे । हार्दिक पाण्डेया ११ रनमा नटआउट रहे । रोहित शर्मा र इशान किशनलाई शून्य रनमा गुमाएर खराब शुरुवात गरेको भारतको इनिङ्स विराट र केएल राहुलले सम्हालेका थिए । अष्ट्रेलियाका जोस हेजलउडले ३ तथा मिचेल स्टार्सले १ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलिया १ सय ९९ रनमा अलआउट भएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले सर्वाधिक ४६ रन बनाए भने डेभिड वार्नरले ४१, मिचेल स्चार्सले २८ र मार्नुस लाबुशेनले २७ रन बनाए । ग्लेन म्याक्सवेल र पट कुमिन्सले समान १५–१५ रन जोडे ।

भारतका रबिन्द जडेजाले ३ विकेट लिए भने कुलदीप यादव र जसप्रीत बुम्राहाले २ –२ विकेट लिए । यस्तै, मोहमद सिराज, हार्दिक पाण्डेया, रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए । 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया