मनसुनी प्रणाली कमजोर, तत्काल ठूलो वर्षाको सम्भावना छैन – मौसमविद्

 असोज २२, २०८० सोमबार ७:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मनसुनी प्रणाली कमजोर बनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरी नसकेकाले सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र बाहेकका ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

गण्डकी, बाग्मती र कोशीको पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परिरहेको पनि मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मनसुन बाहिरिसकेको सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम भने सफा छ । नेपालबाट पूर्णरुपमा मनसुन बाहिरिन अझै दुई तीन दिन लाग्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया