कालीकोटकाे रास्काेटमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

 असोज २५, २०८० बिहिबार ८:३७:३५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – रास्कोट नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ।

दशैँ तिहार नजिकिँदै गर्दा रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम र वडाध्यक्षहरुले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । 

यस आर्थिक वर्षको पहिलो किस्ता सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुले हातमै पाएका छन् । बुधवार नगरपालिकाको ९ र ८ वडाका स्थानीय बासिन्दाले सामाजिक सुरक्षा भत्ता घरमै पाएका हुन् ।

सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले बैकसँगको समन्वयमा घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको नगरका मेयर शाहीले बताउनुभयो । 

नगरपालिकाका ९ वटै वडामा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वृद्धवृद्धा खुसी भएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया