मनाङ एअरकाे हेलिकप्टर दुर्घटनामा पाइलट घाइते, उपचारका लागि काठमाण्डाै पठाइँदै

 असोज २७, २०८० शनिबार ९:१:३१ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लाेबुचेमा दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाश सेढाईँ घाइते हुनुभएको छ ।

बिहान लुक्लाबाट पर्यटक लिन लाेबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लाेबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । प्रत्यक्षदर्शी मिङ्मार नुरु शेर्पाका अनुसार बिहान ७ बजेर २५ मिनेटमा हेलिप्याडमै हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट सेढाईं मात्रै रहनुभएकाे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिनुभयो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाण्डौको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो ।

४ हजार ९ सय मिटरको उचाइमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको हेलिकप्टरमा आगो लागेको देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया