विश्व कप क्रिकेट : अस्ट्रेलियाको पहिलो जित, श्रीलङ्का पाँच विकेटले पराजित

 असोज ३०, २०८० मंगलबार ६:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा चलिरहेको आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । लगातार दुई खेलमा पराजित भएको अस्ट्रेलियाले गएराति लखनउमा सम्पन्न खेलमा  श्रीलङ्कालाई ५ विकेटले पराजित गरेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो ।

श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका जोस इङ्ग्लिसले सबैभन्दा धेरै ५८ रन बनाए । श्रीलङ्काका दिलसन मधुसनकाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ९ रन बनायो ।

श्रीलङ्काका कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए ।  

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया