४३ ओभरमा झारिएकाे खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई दियाे २ सय ४६ रनकाे लक्ष्य

 असोज ३०, २०८० मंगलबार २०:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २ सय ४६ रनको लक्ष्य दिएको छ ।

भारतको धर्मशालामा पानी परेपछि खेल ४३ ओभरमा झारिएको थियाे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २ सय ४५ रन बनायाे । नेदरल्यान्ड्सका कप्तान स्कट इडवार्ड्सले सर्वाधिक नटआउट ७८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसन र कागिसो रबाडाले २/२ विकेट लिए ।

विश्वकपमा आफ्ना दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अङ्कका साथ तेस्रो स्थानमा छ । २ खेलमा दुवै खेल हारेकाे नेदरल्यान्ड्स पुछारमा छ । अङ्क तालिकामा भारत ६ अङ्कका साथ शीर्ष स्थानमा छ । ६ अङ्क नै भएको न्युजिल्यान्ड नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया