असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे ।
यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायाे । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जाेडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा साेमपाल कामी र अविनाश बाेहराले १/१ विकेट लिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काे आयाेजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएकाे हाे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेकाे हो ।
नेपालले दाेस्राे खेल भाेलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।