विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई दियो २ सय ८९ रनको लक्ष्य

 कात्तिक १, २०८० बुधबार १८:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले अफगानिस्तानलाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

भारतको चेन्नईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८८ रन बनायो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ तथा टम लाथमले ६८ र विल योङले ५४ रन बनाए । बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र अजमतुल्लाह ओमरजाईले २/२ विकेट लिए ।

यसअघिका तीन वटै खेल जितेको न्युजिल्यान्ड ६ अङ्कसहित दोस्रो स्थानमा छ । ३ खेलमध्ये १ खेल जितेको अफगानिस्तान छैटाैँ स्थानमा रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया