नेपाल एसीसी यू–१९ प्रिमियर कपकाे फाइनलमा, एसिया कप खेल्ने पक्का

 कात्तिक ४, २०८० शनिबार १४:५२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । नेपालले जापानलाई १ सय ४३ रनले हरायाे ।

वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनकाे लक्ष्य पाएकाेमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयाे । जापानका शाेताराे हिरात्सुकाले १५ र किफर यामामाेटाेले १३ रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ नेपालका हेमन्त धामी र दिपेश कँडेलले ३/३, तथा सुवास भण्डारीले २ र आकाश चन्दले १ विकेट लिए ।

यसअघि मलेसियाकाे बायाेमास ओभलमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रन बनाउँदा वर्षाले खेल राेकिएकाे थियाे । नेपालका दीपक बाेहरा ७९ रन बनाएर आउट भए । यस्तै आकाश त्रिपाठीले नटआउट ३५ रन बनाए ।

फाइनलमा पुगेसँगै नेपालले पाकिस्तानमा हुने यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यस्तै अर्काे सेमिफाइनल खेलमा सिङ्गापुरलाई हराउँदै फाइनलमा पुगेकाे यूएईले पनि यू–१९ एसिया कप खेल्ने पक्का भएकाे छ । यू–१९ एसिया कपमा पुग्ने तेस्राे टाेलीकाे टुङ्गाे जापान र सिङ्गापुरबीचकाे खेलकाे विजेताबाट लाग्नेछ । याे खेलकाे विजेताले शीर्ष ३ मा पर्दै यू–१९ एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया