जाजरकाेट भूकम्प : जुम्लामा पाँच जना घाइते, दर्जनौँ घर चर्किए

 कात्तिक १८, २०८० शनिबार १३:४३:१६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका – १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्ला जिल्ला तातोपानी गाउँपालिका – ३ बाहुनवाडा निवासी २६ वर्षीया सिर्जना गौतमको हातमा सामान्य चोट र निजको छोरा एक वर्ष ११ महिनाको आयुष गौतमको अँखामा चोट लागेको छ ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार तातोपानी गाउँपालिका – ३ निवासी १४ वर्षीय निराजन उपाध्यायको हातमा चोट लागेको छ । त्यस्तै तिला गाउँपालिका – ३ दानीवाडा निवासी ११ वर्षीया सपना थापालाई सामान्य चोट लागेको छ । तातोपानी गाउँपालिका – ४ का हरिबहादुर खत्रीको घरको पर्खाल भत्कँदा खुट्टामा चोट लागेको जानकारी दिनुभयो । 

स्थानीय प्रशासनका अनुसार तिला गाउँपालिका वडा नम्बर ३, ५ र ९ मा केही घरहरु तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ४६ को विष्णु महतको तीन तले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ । चोटपटक सामान्य भएका कारण घाइतेहको घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेका जानकारी दिनुभयो ।

यसैगरी जिल्लाका गाउँ गाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएका छन् । जिल्लाका हिमा गाउँपालिका वडा नम्बर १ बड्की गाउँमा धिरबहादुर शाही, पदमबहादुर शाही, राजबहादुर शाहीको घर चर्किएको स्थानीय रुगुविना शाहीले जानकारी दिनुभयो ।

जुम्ला जिल्लामा भने मानवीय तथा कुनै ठूलो भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । उहाँले तथ्यांकका लागि प्रहरी परिचालित गरिएको जानकारी दिनु भयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया