गजलकार सरु ज्ञवालीको गजलसङ्ग्रह कादम्बरीकाे अन्तरक्रिया

 कात्तिक १८, २०८० शनिबार १८:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिसार साहित्य परिवार काठमाण्डौको आयोजनामा पद्मकन्या क्याम्पस बागबजारमा गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा डा सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डा गोविन्दमान सिंह कार्की, डा मेघनाथ ढकाल, मनोज ज्ञवाली, राजन न्यौपानेलगायतले लेखकलाई शुभकामना दिनुभयो ।

वीरेन्द्र मालाकार, सुशीला शर्मा, लक्ष्मी ढकाल, सूर्य न्यौपानेलगायतले सरुका गजल वाचन गर्नुभयो । लेखककी आमा लक्ष्मी ज्ञवाली र बुवा मेघराज ज्ञवालीले आशीर्वाद दिनुभयो ।

सभापति ज्ञाननिष्ठ ज्ञवालीले २०३५ सालदेखि चार अङ्क निस्केर बन्द भएको सिसार पत्रिकालाई २०६४ सालदेखि पुनस् प्रकाशित गरी २० अङ्कसम्म पुगेको सिसारको इतिहास उल्लेख गर्नुभयो ।

साथै सिसारले विविध साहित्यिक गतिविधि र स्रष्टा सम्मान गर्दै आएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया