काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियसमा झर्‍याे

 कात्तिक २०, २०७५ मंगलबार ८:१४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ । काठमाडौंको बिहानको तापक्रम ७ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमडौंको तापक्रम सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार तापक्रम १ डिग्री घटेको हो । मौसमविद् वरुण पौडेलका अनुसार मौसम सफा भएकाले यो वर्ष सँधैभन्दा छिटै देशभरी कै न्यूनतम तापक्रम घटेको हो ।

राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घट्ने उहाँले बताउनुभयो । अहिले तुरुन्तै पानी पर्ने संभावना नरहेको पनि मौसमविद् पौडेलले बताउनुभएको छ । मंगलबार पूर्वी पहाडी क्षेत्रको मौसम दिउँसोपछि आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया