असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३ सय २७ रनकाे लक्ष्य दिएकाे छ ।
काेलकाताकाे इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायाे । भारतका विराट काेहलीले नटआउट शतक बनाए । उनले १ सय २१ बलमा १ सय १ रन जाेडे । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान राेहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्काे जेनसेन, कागिसाे रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।
भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपकाे सेमिफाइनलमा पुगिसकेका छन् । भारत ७ खेलमा १४ अङ्कका साथ तालिकाकाे शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका उति नै खेलमा १२ अङ्कसहित दाेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।