असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – श्रीलङ्काका क्रिकेटर एन्जेलाे म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा 'टाइम्ड आउट' हुने पहिलाे खेलाडी बनेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत दिल्लीकाे अरुण जेटली स्टेडियममा बङ्गलादेश र श्रीलङ्काबीच भइरहेकाे खेलका क्रममा श्रीलङ्काका खेलाडी एन्जेलाे म्याथ्युज 'टाइम्ड आउट' भएका हुन् ।
आईसीसीकाे नियमअनुसार क्रिजमा रहेका खेलाडी आउट भएपछि त्याे खेलाडीकाे ठाउँमा जाने खेलाडी अधिकतम तीन मिनेटभित्र बल खेल्नका लागि तयार हुनुपर्छ । श्रीलङ्काका खेलाडी म्याथ्युज समयमै मैदानमा पुगेका थिए । तर हेलमेट ठीक नभएकाे भन्दै उनले निर्धारित समयभित्र बल खेल्न सकेनन् ।
त्यसपछि बङ्गलादेश टिमले अम्पायरलाई आईसीसीकाे नियमअनुसार म्याथ्युजलाई आउट दिन अपिल गरेका थिए । अम्पायरले बङ्गलादेश टिमकाे अपिललाई स्वीकार गर्दै म्याथ्युजलाई आउट दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।