असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ ।
आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदाे वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।
यस्तै क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट प्रतियाेगितामा विजयी भई आउँदाे वर्ष सञ्चालन हुने १९ वर्षमुनिकाे एसिया कपमा छनाेट हुन सफल टाेलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेकाे छ ।
यस्ता छन् क्यानकाे निर्णय–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।