विश्वकप छनाेटमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घाेषणा, घुँडामा चाेट लागेका अनन्त बाहिरिए

 कात्तिक २४, २०८० शुक्रबार १७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टाेलीकाे घोषणा भएकाे छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज शुक्रवार अन्तिम टाेली घाेषणा गरेका हुन् । नेपालले आउँदाे बिहीवार यूएईसँग खेल्नेछ । यूएईसँगकाे खेलका लागि नेपाली टाेली आइतवार त्यसतर्फ प्रस्थान गर्नेछ ।

यसैबीच अनुभवी डिफेन्डर अनन्त तामाङले चोटका कारण विश्वकप छनोटको दोस्रो चरण गुमाउने भएका छन् । तामाङको घुँडामा चोट लागेको र यूएईसँगकाे खेलमा 'फिट' नहुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएकाे छ ।

यस्ताे छ नेपाली टाेली–

गाेलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिशेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, राेहित चन्द, अञ्जन विष्ट, आशिष चाैधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, याेगेश गुरुङ

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया