असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – न्युजिल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगको छ । आज भइरहेको इंग्ल्याण्ड र पाकिस्तानको खेलको अवस्थाले न्युजिल्याण्डको सेमिफाइनल यात्रा पक्का गरेको हो । इंग्ल्याण्डलाई पाकिस्तानले हराएमा पनि रन रेटमा न्युजिल्याण्ड नै अघि हुने पक्का भएसँगै उ सेमिफाइनलमा पुगेको हो । न्युजिल्याण्डलले सेमिफाइनलमा भारतसँग खेल्नेछ ।
आज इंग्ल्याण्डलाई निकै फराकिलो अन्तरले हराएको भए पाकिस्तानको पनि सेमिफाइनल पुग्ने झिनो आशा थियो, तर त्यो आशा सकिएको छ । इंग्ल्याण्डले पाकिस्तानलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनायो । उसका लागि बेन स्टोक्सले ८४, जोय रुटले ६० र जोनी ब्रेस्टोले ५९ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका हरिस रौफले तीन तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले दुइ/दुई र इफ्तिक अहमदले एक विकेट लिए । अंकतालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइन होडबाट बाहिरिसकेको छ । इंग्ल्याण्डले च्याम्पियन्स ट्रफी खेल्ने भने पक्का भएको छ । विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली भारत र नेदरल्यान्डस् खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।