दार्चुला खलङ्गाको भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइयो

 कात्तिक २७, २०८० सोमबार १२:४८:५७ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुलाकाे खलङ्गामा रहेकाे भारतीय सीमा पुल खुल्ने समय एक घण्टा छोट्याइएको छ ।

भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका वडा–४ खलङ्गामा रहेकाे झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । झाेलुङ्गे पुल आजदेखि बिहान ६ बजे खुलेर बेलुका ६ बजे बन्द हुने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभएको छ ।

यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल अब एक घण्टा छिटो बन्द हुने उहाँले बताउनु भयो । दिनहरु छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको बताइएको छ ।
 ग्रीष्मकालीन समयमा यो नाका बिहान ६ बजे खुल्ने र बेलुका ७ बजे बन्द हुने गरेको छ ।

शीतकालीन समयमा छिट्टै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो ।  यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर हुने गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया