सुनको भाउ ताेलामा एक सय रुपैयाँले घट्यो
पुस १०, २०८१ बुधबार
तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएपछि यहाँका किसान उत्साहित भएका छन् । आँबुखैरेनी–१ काे आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको हो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीको समन्वयमा पहिलो चरणमा तीन सय वटा सयपत्रीको माला कतार पुर्याइएको हो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भन्नुभयो, “यो गाउँपालिकाका लागि नै खुशीको कुरा हो । गाउँपालिकाको सहयोगमा पहिलो पटक सयपत्री खेती गरिएकाेमा कतारसम्म निर्यात भएको छ । पहिलो चरणमा प्रतिमाला एक सय ५० रुपैयाँका दरले कतार पठाइएको छ ।
अरू बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताउनुभयो । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उहाँको भनाइ छ । अध्यक्ष चुमानले भन्नुभयो, पहिलो पटक तीन ठाउँमा खेती गरियो, अब यसलाई विस्तार गर्ने योजना छ ।
गाउँपालिकाले आयातित तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गरेको छ । गाउँपालिकाले पालिकाभित्रै उत्पादित फूललाई बढावा दिने जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको छ । त्यहीअनुसार तीन वटा ठाउँमा सयपत्री फूलखेती शुरु गरी उत्पादन भइसकेको छ । उत्पादन भएको सयपत्री बिक्रीका लागि बजारीकरण गर्न सहयोग गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख केसीले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय कृषि उपज वस्तु बिक्री वितरणका लागि आँबुखैरेनी–३ मा हाटबजार सञ्चालनमा ल्याएको छ । हाटबजार प्रत्येक शुक्रवार सञ्चालन हुने गरेको छ ।
गाउँपालिकाले विद्यालयमा पढ्दै कमाउँदै र आमा समूहमा अध्यक्षसँग कृषि कार्यक्रममार्फत फूलखेतीका लागि सहयोग गरेको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार तिहारमा सयपत्री फूल प्रतिकिलो पाँच सय रुपैयाँसम्म बिक्री भइरहेको छ । स्थानीयस्तरमा किलोको दुई सय रुपैयाँसम्म बिक्री गरिँदै छ । यस्तै एउटा माला ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।