सप्तरीको राजविराज कारागारमा एक जना कैदीको ज्यान गयो

 मंसिर ६, २०८० बुधबार ७:५५:८ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरी जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको हिजो मंगलवार ज्यान गएको छ । ज्यान जानेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको कारागार प्रमुख सदानन्द दासले जानकारी दिनुभयो ।

मण्डल २०७९ कात्तिक १६ गतेदेखि राजविराज कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेको जनाइएको छ। हिजो बिहान शौचालयबाट निस्केपछि लडेका मण्डललाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको कारागार प्रमुख दासले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया