असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका स्टार ब्याटर विराट काेहलीले आईसीसी एकदिवसीयकाे ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् ।
आईसीसीकाे पछिल्लाे वरीयतामा काेहली चाैथाे स्थानबाट एक स्थान सुधार गर्दै तेस्राे स्थानमा उक्लिएका छन् । भर्खरै सकिएकाे एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै काेहली प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी बनेका थिए ।
एकदिवसीय ब्याटिङ वरीयताकाे शीर्ष स्थानमा रहेका भारतकै ओपनर ब्याटर शुभमन गिल शीर्ष स्थानमै छन् । गिलकाे रेटिङ प्वाइन्ट ८२६ छ भने काेहलीकाे रेटिङ प्वाइन्ट ७९१ छ । याेसँगै काेहली फेरि एक पटक एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा पुग्ने सम्भावना बलियाे भएकाे आईसीसीले जनाएकाे छ ।
एकदिवसीय वरीयताकाे दाेस्राे स्थानमा पाकिस्तानका बाबर आजम यथावत् छन् । भारतीय टिमका कप्तान एक स्थान सुधार गर्दै वरीयताकाे चाैथाे स्थानमा छन् । पाँचाैँ स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक छन् ।
एकदिवसीय बलिङ वरीयताकाे शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज उक्लिएका छन् । भारतका माेहम्मद सिराजलाई पछि पार्दै महाराज शीर्ष स्थानमा पुगेकाे हुन् ।
एकदिवसीय बलिङ वरीयताकाे दाेस्राे स्थानमा अस्ट्रेलियाका जाेश हेजलवूड, तेस्राे स्थानमा माेहम्मद सिराज, चाैथाे स्थानमा भारतका जसप्रीत बुमराह र पाँचाैँ स्थानमा अस्ट्रेलियाका एडम जाम्पा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।