केपी ओली टी–२० कप : लगातार दाेस्राे जितसहित बाग्मती सेमिफाइनलमा

 मंसिर ८, २०८० शुक्रबार १३:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी–२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे ।

बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे । कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायाे । बाग्मतीका रित गाैतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि हिजाे बिहीवार भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी 'राताे' टाेलीलाई १ सय ९ रनले हराएकाे थियाे । बाग्मती दुवै खेल जितेर समूह 'ए' काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे ।

हिजाेदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया