प्रिमियर लिगमा आज सात खेल : शीर्ष स्थानको सिटी र दोस्रो स्थानको लिभरपुल खेल्दै

 मंसिर ९, २०८० शनिबार १०:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।

आज हुने पहिलो खेल शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलबीच हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । १२ खेलमा २८ अङ्ककासाथ सिटी शीर्ष र समान खेलमा २७ अङ्ककासाथ लिभरपुल दोस्रो स्थानमा छ ।

समान २७ अङ्क नै भए पनि आर्सनल तेस्रो स्थानमा छ । राति सवा ११ बजे ब्रेन्टफोर्ड र आर्सनलबीच खेल हुनेछ । त्यसअघि हुने आजका अरु खेलमा राति पौने ९ बजे सेफिल्ड युनाइटेड र बर्नमाउथ, नटिङ्घम फरेस्ट र ब्राइटन, बर्नली र वेस्ट ह्याम, लुटन टाउन र क्रिस्टल प्यालेस तथा न्युक्यासल र चेल्सी खेल्दैछन् ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया