असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - केपी ओली कप टी–२० क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ । आजको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हरायो ।
टस जितेर पहिला ब्याटिङ गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।
हिजो भएको खेलमा बाग्मतीले कर्णालीलाई ९० रनले र अस्ति भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई १ सय ९ रनले हराएको थियो । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ।
त्यस्तै, आज हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच दिउँसो एक बजे खेल हुनेछ । हिजो भएको खेलमा एपीएफलाई हराउँदै गण्डकीले विजयी शुरुवात गरेको छ । केपी ओली कप पोखरा रङ्गशालामा भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।