असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – केपी ओली कप टी–२० क्रिकेटमा आज सशस्त्र प्रहरीको एपीएफ र कर्णाली प्रदेश विजयी भएका छन् । पोखरा मैदानमा एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले हरायो । एपीएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्रै बनायो । उसका मिर्नल गुरुङले सर्वाधिक १४ रन बनाए ।
बलिङतर्फ एपीएफका अरुण ऐरीले पाँच विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर १ सय ५१ रन बनायो । उसका लोकेश बमले सर्वाधिक ३२ रन बनाए । जितसँगै एपीएफले दुई खेलमा दुई अङ्क जोडेको छ । लुम्बिनी आज पहिलो खेलमै पराजित भएको हो।
आजै भएको पहिलो खेलमा कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हरायो । जितका लागि १ सय १० रनको लक्ष्य पछ्याएको कर्णालीले १८ ओभर एक बलमा ६ विकेट गुमाउँदै भेट्टायो ।
बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ, मदन भण्डारी बाहिरिएको छ । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।