दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक

 मंसिर १०, २०८० आइतबार ६:५७:३ | ललित सामन्त
unn.prixa.net

दार्चुला - दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला गाडी चलाउन रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला गाडीको आवागमनमा रोक लगाइएको हो ।

चमेलिया जलविद्युत् आयोजनाले सूचना निकालेर पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमिन भासिएको जनाएको छ ।

दुर्घटनाको जोखिम रहेकाले पुल मर्मत नहुँदासम्म ठूला गाडी चलाउन रोकिएको छ । यो पुल भएर दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपि हिमालको मकिरागाडसम्म आवतजावत गर्ने गाडी गुड्ने गरेका छन् ।

यस्तै, बैतडीको रुद्रेश्वर, सिमार, गण्न्नालगायतका क्षेत्रमा जाने गरिन्छ । पुल भासिएको ठाउँमा स्थलगत अध्ययन गरिएको र पुलको पिल्लर भासिएकाले मर्मत नहुँदासम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ललित सामन्त

सामन्त दार्चुलाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया