केपी ओली कप : मधेस प्रदेश विजयी, सुदूरपश्चिम ८ विकेटले पराजित

 मंसिर ११, २०८० सोमबार १२:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ । आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलको खेलमा २ विकेट गुमाएर भेट्टायो । मधेस प्रदेशका  लागि अनिल शाहले सर्वाधिक २५ रन बनाए भने इमरान शेखले १७ र पवन सरार्फले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २  विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५८ रन मात्रै बनाएको थियो । प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल पोखरामै दिउँसो १ बजे हुनेछ । 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया