काँठ क्षेत्र : रित्तिँदै हरियाली, थपिँदै प्लटिङ (फाेटाेफिचर)

 मंसिर १६, २०८० शनिबार १०:४३:३५ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - सहरबजारदेखि बाहिरको गाउँबस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ ।  

काँठको रहनसहन थाेरै सहरियाजस्तो देखिन्छ, थाेरै ग्रामीण जीवनशैलीजस्तो देखिन्छ । सामान्य भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाण्डाै उपत्यकामा चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको मानिन्छ । 

तर बिस्तारै काँठ क्षेत्रकाे स्वरुप परिवर्तन हुँदै गएकाे छ । झन्डै एक दशकको अवधिमा काँठ क्षेत्रकाे स्वरुपमा निक्कै परिवर्तन आएको देखिन्छ ।

काँठको हरियाली सकिँदै गएकाे छ भने याे क्षेत्र प्रदूषित बन्दै गएकाे छ। काँठ क्षेत्रमा जग्गा खरिद–बिक्री अस्वाभाविक रुपमा बढेकाे छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यताको दोहन भएको यत्रतत्र देख्न सकिन्छ ।

न्युज एजेन्सी नेपालले तयार पारेको फेरिएको काँठ क्षेत्रको केही तस्बिरहरु ।

तस्बिर : न्युज एजेन्सी नेपाल 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया